लागूऔषधसहित नुवाकोट ककनीका सुजन तारकेश्वरबाट पक्राउ
२३ साउन, काठमाडौं । अवैध लागूऔषधसहित काठमाडौंबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका-५ घर भएका २५ वर्षीय सुजन तामाङ रहेका छन् । उनलाई काठमाडौं, तारकेश्वर नगरपालिका-११ आनन्द टोलबाट करिब ५ किलो ९ सय ४० ग्राम अवैध लागूऔषध गाँजासहित प्रकाउ गरिको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले बा.४८ प ८७०७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सुजनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ ।
प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार १२:५६












