कान्छारामसहित दुई दर्जन ठेकेदार कम्पनीलाई सरकारले सोध्यो स्पष्टीकरण
२३ साउन, काठमाडौं । कान्छाराम कन्स्ट्रक्सनसहित दुई दर्जन ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएपछि सरकारले सात दिने स्पष्टीकरण मागेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना प्रकाशित गरी २२ निर्माण तथा आपूर्ति कम्पनीलाई ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।
विभिन्न सरकारी निकायहरूले कालोसूचीमा राख्न भनेर सिफारिस गरेकाले सात दिने स्पष्टीकरण मागिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएकाे छ । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६४ को नियम १४१ को उपनियम (४क) अनुसार स्पष्टीकरण सोधेको हो । तोकिएको म्यादभित्र चित्तबुझ्दो जवाफ पेश नगरेमा प्रचलित कानुनअनुसार कालोसूचीमा राखिने सूचनामा उल्लेख छ ।
कुन–कुन परे ? (सूचीसहित)

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार ११:०७









