२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख नजिक

२३ साउन, काठमाडौं। नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि सुनको मूल्य गत साउन २० गते हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार १०:५४