२२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

आईपीओ निष्कासन गर्दै सोपान फर्मास्युटिकल्स

२३ साउन, काठमाडौं। सोपान फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । साउन २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ १५ गते ललितपुरमा रहेको आँगन भेन्यू एण्ड रेष्टुरेन्टमा कम्पनीको १६ औं साधारण सभा बोलाएको हो ।

सभा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने र प्रबनधपत्र तथा नियमावलीमा संशोधन गर्ने विषयमा निमयनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशष प्रस्ताव पारित गरिनेछ । साथै, सभामा गत आवको वार्षिक प्रतिवेदन तथा सो अवधिको वित्तीय विवरणहरु पनि पारित गरिनेछ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार १०:३८