२३ मंसिर २०८२, मंगलवार | Tue Dec 9 2025

नाफासँगै बढ्यो मेरोमाइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी

२३ साउन, काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.२९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १४ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी १९.१३ प्रतिशतले बढेर १ अर्ब ५ करोड पुगेको छ ।  संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ९ करोड ९५ लाखबाट बढेर १० करोड ७ लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी १ अर्ब ३ करोड र सञ्चालन खर्च ७० करोड ४१ लाख रुपैयाँ रहेको छ ।

१ अर्ब ४१ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८२ करोड ४६ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा १२ अर्ब १८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १५ अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। कम्पनीको वितरणयोग्य मुनाफा ११ करोड ३१ लाख रुपैयाँ रहेको छ भने लाभांश क्षमता ७ रुपैयाँ ९७ पैसा रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी  १५ रुपैयाँ २३ पैसा, मूल्य आम्दानी अनुपात ५५.५९ गुणा र प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ११ पैसा रहेको छ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार १०:२८