सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा २२०.९७ प्रतिशतले बढ्यो, लाभांश क्षमता १३.२२ प्रतिशत
२३ साउन, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुदा नाफा १०.२३ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो मुनाफा ३ अर्ब ८ करोड रुपैयाँ थियो।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ६.४३ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी ९ अर्ब ८४ करोड र सञ्चालन मुनाफा ५ अर्ब २ करोड रुपैयाँ रहेको छ । यो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफामा उल्लेख्य बढेको छ । बैंकको वितरणयोग्ण्य मुनाफा १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २२०.९७ प्रतिशतले बढी हो । यस्तै बैंकको लाभांश क्षमता पनि ४.१२ प्रतिशतबाट बढेर १३.२२ प्रतिशत पुगेको छ ।
सेवा शुल्क र अन्य आम्दानी समेत १५.०९ प्रतिशतले बढ्दै १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पूँजी १४ अर्ब ९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १६ अर्ब ९० करोड रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा अनुपात २.१७ प्रतिशतबाट बढेर २.६२ प्रतिशत पुगेको छ । यो अवधिमा बैंकको रिटेन्ड अर्निङ २२०.९७ प्रतिशतले बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २१.८६ प्रतिशतबाट बढेर २४.१० प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २१९.९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.९३ गुणा रहेको छ ।
प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार ०९:२६












