८ भाद्र २०८२, आईतवार | Sun Aug 24 2025

न्यायाधीश नियुक्तिमा भागबण्डा, कांग्रेसले चार पाउँदा एमालेको भागमा दुई

२२ साउन, काठमाडौँ । न्यायाधीश नियुक्तिमा फेरि पनि भागवण्डा भएको छ । यसअघि सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा पनि भागवण्डा भएको थियो । एमालेको कोटामा सिफारिस भएका व्यक्ति भने न्यायाधीश नै सिफारिस हुन पाएनन् । प्रधानन्यायाधीशले मन नपराएका व्यक्ति एमालेबाट न्यायाधीशमा सिफारिस हुँदा सर्वोच्चमा एमालेको भागमा एउटा कोटा अहिले पनि खाली नै छ ।

बिहीबार न्यायपरिषद्ले उच्च अदालतका २७ न्यायाधीश नियुक्ति गर्दा ६ वटा कोटा सत्ता गठबन्धनको कांग्रेस र एमालेका लागि दिएको थियो । जसमा कांग्रेसले चार र एमालेले दुई जना न्यायाधीश नियुक्तिमा भाग पाएको छ ।

कानुन व्यवसायीबाट नियुक्त हुने न्यायाधीशमा कांग्रेस र एमालेले भाग पाएका हुन । एमालेले भाग पाएकोमा बालकृष्ण गैरे र निशा बानियाँ न्यायाधीश नियुक्त हुनुभएको छ भने कांग्रेसले पाएको भागमा शर्मिला थापा विष्ट, प्रतापसिंह ठकुराठी, श्यामकुमार विश्वकर्मा र अरुणकुमार पञ्जियार न्यायाधीश नियुक्त हुनुभएको छ । एमालेको भागमा नियुक्त हुनुभएको गैरे पूर्व माओवादी हुन भने बानियाँ जिफन्टको स्कुलिङबाट आउनुभएको कानुन व्यवसायी हुनुहुन्छ ।

बिहीबारको न्यायपरिषद्को नियुक्तिमा १६ जना जिल्ला न्यायाधीशहरू उच्च अदालतमा बढुवा नियुक्ति पाएका छन । ५ जना कर्मचारीबाट न्यायाधीश बनेका छन ।

यी हुन बिहीबार नियुक्ति पाउने न्यायाधीशहरू

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार ०७:१३