आइतबार सार्वजनिक बिदा, सेयर बजार बन्द हुने
२२ साउन, काठमाडौं । आइतबार सार्वजनिक बिदा हुने भएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै गाईजात्राको अवसरमा उक्त दिन बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सार्वजनिक बिदा हुने भएसँगै आइतबार सेयर कारोबार समेत नहुने भएको छ । उक्त दिन सेयर बजार, बैंक तथा वित्तीय संस्था र शैक्षिक संस्थाहरु पनि बन्द हुनेछ ।
प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार १७:०६









