११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026

थापागाउँमा सम्पर्क कार्यालय खोल्न विद्याले लिइन् भाडामा घर

२२ साउन, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय खोल्न काठमाडौंको थापागाउँस्थित एक निजी घर भाडामा लिनुभएकाे छ ।  २०४८ सालमा मदन भण्डारीले काठमाडौँबाट चुनाव लड्दा सम्पर्क कार्यालय राखेकै घरमा विद्याले सम्पर्क कार्यालय खोल्न लागेको उहाँनिकट एक नेताले बताउनुभयाे।

मदन भण्डारीको हिरक जयन्ती मूल समारोह समितिको कार्यालयका लागि उक्त घर भाडामा लिइएको बताइएकाे छ । साे घर नेकपा एमालेका पूराना नेता काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर बिदुर मैनालीको रहेको बताइएको छ । भण्डारीले सक्रिय राजनीतिमा आउने भन्दै सदस्यता नवीकरण गराउनुभएकाे थियाे। तर केन्द्रीय कमिटीको नवौं बैठकले पूर्वराष्ट्रपति राजनीतिमा फर्कन नमिल्ने भन्दै उहाँको सदस्यता नवीकरण स्वत: निष्क्रिय पारेको थियो।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार १७:००