यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक, कुनको मूल्य कति बढ्यो ?
२२ साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से २०.०८ अंकले बढेर २८५२.१५ को विन्दुमा कायम भएको हो । आज नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार रुपैयाँको कारोबार भएको छ ।
बिहीबार सिक्लेस हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक बढेको छ । यस दिन कम्पनीको सेयर मूल्य ९.८१ प्रतिशतले बढेको हो । त्यसैगरी, यस दिन बरुण हाइड्रोपावरको सेयर मूल्य ९.७८ प्रतिशत, मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्य ७.५६ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार १५:१६














