फिफा वरियतामा नेपाली महिला टोली हालसम्मकै उच्च स्थानमा
२२ साउन, काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) वरियतामा नेपाली महिला टोलीले छलाङ मारेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७औं स्थानमा पुगेको छ । यो नेपाली महिला टोलीले हासिल गरेको हालसम्मकै उच्च वरियता हो ।
यसअघि एक सय औं स्थानमा रहेको नेपाल नयाँ वरियतामा ८७औं स्थानमा उक्लिएको छ । १२४८.८९ अंक जोड्दै नेपाल ऐतिहासिक रुपमा हालसम्मकै उच्च वरियतामा उक्लिएको हो ।
प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार १५:०८












