आईपीओ निष्कासन गर्दै सारथी केवल इन्डष्ट्रीज, बोलायो साधारण सभा
२२ साउन, काठमाडाैं । सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बाेलाएकाे छ ।
साउन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ ११ गते रुपन्देहीमा रहेको कम्पनीको कार्यालयमा प्रथम वार्षिक साधारण बाेलाएकाे हाे । उक्त सभा दिउँसो १२ बजेदेखि सुरु हुनेछ ।
सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने र पूँजी वृद्धि गर्न कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछन् । यस्तै गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै वित्तीय विवरणहरु समेत पारित गरिनेछन् ।
कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत आईपीओ सर्वसाधारणलाई निष्कासन गर्न लागेकाे छ । यसका लागि कम्पनीले सिटिजन्स क्यापिटल लिमिटेडसँग आईपीओ सम्बन्धी सम्झौता गरिसकेकाे छ ।
प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार १३:१६














