२२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

जुवातास खेलेको आरोपमा धादिङका राजुसहित ५ जना पक्राउ

२२ साउन, काठमाडौं । जुवातास खेलेको आरोपमा काठमाडौंबाट ५ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१६ नागरिक बजारस्थित एक होटलबाट जुवातास खेलेको आरोपमा ५ जना पक्राउ परेका हुन् ।

धादिङको गंगाजमुना गाउँपालिका–६ घर भएका ३१ वर्षीय राजु न्यौपानेको मामाभन्जा होटलमा जुवातास खेलिरहेको अवस्थामा राजु समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी बिट रानिवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार १३५ रूपैयाँ र एक बुक तास सहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार १२:५१