भारतमा पुर्याएर सिन्धुलीका युवकको मिर्गौला झिक्ने नुवाकोटका समिर पक्राउ
२२ साउन, काठमाडौं । भारत पुर्याएर मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटका समिर परियार रहेका छन् । समिरलाई काठमाडौंबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद पंगेनीले बताउनुभयाे ।
सिन्धुलीको दुधौली नगरपालिका–१ स्थायी घर भएका खिलबहादुर भुजेलको भारतमा मिर्गौला निकालिएको पाइएको हो । भुजेललाई पोखराबाट कामको प्रलोभनमा भारतमा पुर्याई बन्धक बनाएर मिर्गौला झिकेर नेपाल ल्याएको आरोप उनलाई पक्राउ गरिएको हाे ।
प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार १०:२५












