२२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई गोकर्ण फरेष्ट रिसोर्टमा विषेश छुट

२१ साउन, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) र गोकर्ण फरेष्ट रिसोट, काठमाडौंबीच एक सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार बैंकका डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) प्रयोगकर्ताले गोकर्ण फरेष्ट रिसोटमा उपलब्ध फुड एण्ड बेवरेज र स्पा सर्भिस मा १५% छुट प्राप्त गर्न सक्ने छन् ।

यस सहकार्यको मुख्य उद्देश्य ग्राहकलाई गुणस्तरीय सेवा प्रधान गर्नुका साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्नु रहेको बैंकले जनाएको छ ।एनआईएमबीले आफ्ना ग्राहकको सुविधालाई प्राथमिकता दिँदै यस्ता विविध छुट योजना तथा सहकार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार १८:०२