२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव प्रहरी नियन्त्रणमा

२१ साउन, काठमाडौं । सेयर ब्रोकर कम्पनी सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव प्रहरी कार्यालयमा पुगेका छन् । सेयर कारोबार गर्दा रकम फिर्ता नगरेको भन्दै श्रीवास्तवविरूद्ध ठगीको आरोप लागेको थियो। उनीविरूद्ध पक्राउ पुर्जी रहेको थाहा पाएपछि बुधबार बिहान प्रहरी परिसर काठमाडौंमा हाजिर भएका हुन्।

उनको ब्रोकर कम्पनीले ११ करोड ५५ लाख रुपैयाँको ठगी गरेको भन्दै जाहेरी परेको थियो। आफैं उपस्थित भएका श्रीवास्तवलाई नियन्त्रणमा लिएर अनुसनधान सुरु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । यसअघि सेयर कारोबारी दिपेन्द्र अग्रवाललाई पनि प्रहरीले पक्राउ गरेको थियो। उनी भने हाजिर जमानीमा छुटेकाछन् ।

प्रकाशित मिति : 16:11