लोकप्रिय गायक पशुपति शर्मा चढेको कार दुर्घटना
२१ साउन, काठमाडाैँ । लोकप्रिय गायक पशुपति शर्मा चढेको कार दुर्घटनामा परेको छ । कार्यक्रमका लागि स्याङ्जा पुग्नुभएको शर्मा सवार कार स्याङ्जाको भीरकोट नगरपालिकाको वडा नम्बर २ मा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार दुर्घटनामा परेको हो । प्रहरीका अनुसार शर्मासहित कारमा चार जना रहेका थिए । शर्माको हातमा चोट लागेको छ । अन्य यात्रु पनि सामान्य घाइते हुनुहुन्छ । कार दुर्घटनामा गायक शर्माको औँला भाच्चिएको छ ।
प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार १६:२१









