२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

कामना सेवा विकास बैकका ग्राहक र कर्मचारीले स्काईवाक टावरमा छुट पाउने

२१ साउन, काठमाडाैं । कामना सेवा विकास बैंकले काठमाण्डौ स्थित स्काईवाक नेपालसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले स्काईवाक नेपालको टिकट रकममा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् ।

 यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाण्डौ क्षेत्र प्रमुख केदारनाथ शर्मा र स्काईवाक नेपालका विभागीय प्रमुख दुष्यन्त ठाकुरले हस्ताक्षर गरे ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार १५:४२