फर्स्ट माइक्रोफाइनान्सको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?
२१ साउन, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १३ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.३४ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १४ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.८१ प्रतिशत घटेको छ । लघुवित्तले यो अवधिमा २१ करोड १७ लाख खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३१ करोड ५ खुद ब्याज आम्दानी गरेको थियो।
समीक्षा अवधिसम्म कम्पनीको खुद सञ्चालन आम्दानी २६ करोड २७ लाख र सञ्चालन नाफा १९ करोड ८ लाख रुपैयाँ रहेको छ । सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १० करोड ७८ लाख रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी ८ रुपैयाँ २ पैसा रहेको छ।
१ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४२ करोड २ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ४ अर्ब ९० करोड ९६ लाख रुपैयाँ सापटीबाट ६ अर्ब ९ करोड ७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७९ पैसा, प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ २५ पैसा र मूल्य आम्दानी अनुपात ८१.५८ गुणा रहेको छ।
प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार १०:१५







