१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025

अष्ट्रेलियाको एडिलेडमा कृष्ण जन्माष्टमीको तयारी यस्तो छ

एडिलेड । नेपाली भजन कीर्तन समुह एडिलेडको आयोजनामा अगष्ट १६ शनिवार कृष्ण जन्माष्टमीको उपलक्ष्यमा भजन कीर्तन सहितको पुजा आराधना कार्यक्रम हुने भएको छ ।

समुहका अध्यक्ष खगेन्द्र सापकोटाका अनुसार स्थानिय कोसग्रोभ हल क्लोभेली पार्कमा कार्यक्रम आयोजना हुने भएको छ । उनका अनुसार दिनको २ बजेबाट पुजा शुरु हुने छ भने साझ भजन किर्तन हुनेछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मानिन्छ । र सोहि तिथिलाई श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेल सहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो ।

समुहका सचिव शिव काफ्लेले एडिलेडमा २०१८बाट श्रीकृष्ण जन्माष्टमी र शिवरात्रिमा भजन कीर्तन सहित पुजा कार्यक्रम गर्दै आएको र यस बर्ष समेत कार्यक्रम भव्य रुपमा आयोजना गर्न  सिमा सापकोटाको संयोजक रहेर कार्यक्रम व्यवस्थापन समिति गठन गरेको बताए ।

कार्यक्रम संयोजक सापकोटाले एडिलेडमा नेपाल समुदायको संख्या बढ्दै गएको एवं विगत देखि नै भव्य रुपमा कार्यक्रम हुने भएकाले सहभागी संख्या  उल्लेखनीय रहने अपेक्षा गरिएको र सोहि अनुसार तयारी थालिएको बताईन् । संयोजक सापकोटाका अनुसार प्रसाद तयारी सहित कार्यहरुका लागि स्वयंसेवा गर्न ईच्छुकहरुले सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार ०७:४२