२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

नेशनल लघुवित्तको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

२० साउन, काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि विभिन्न  १० जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ९४ हजार ८७० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ । साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलवार १२:५९