२२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा कति ?

२० साउन, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२.४५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस्तै चौथो त्रैमाससम्ममा बैंकले ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १५.४० प्रतिशतलेब बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले ४ अर्ब ९८ करोड ८१ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ। समीक्षा अवधिसम्म बैंकको खुद सञ्चालन आम्दानी ७ अर्ब ८ करोड र सञ्चालन मुनाफा ३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १८ खर्ब ४१ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ खर्ब १६ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३१ पैसा, मूल्य आम्दानी अनुपात १४.९९ गुणा र प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा रहेको छ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलवार ०९:४९