१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

सेयर बजारमा दोहोरो अंकको वृद्धि, १० अर्ब ८२ करोडको कारोबार

१९ साउन, काठमाडाैं । साताको  दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से १६.६५ अंकले बढेर २८७५.५५ को बिन्दुमा बन्द भएको छ ।  आज ३२५ कम्पनीको २ करोड ७१ लाख ६९ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ८२ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सिक्लेस हाइड्रोपावरले सर्वाधिक कमाएकाे छ । सोमबार हिमालयन रिको सबैभन्दा बढी कारोबार भएको छ । यस दिन कम्पनीको ५५ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। ट्रेड टावरको सेयरमा यस दिन नकारात्मक सर्किट लागेकाे छ। सो कम्पनीको सेयरमूल्य यस दिन ११४ रुपैयाँ ८० पैसा घटेर १ हजार ३३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार १५:२९