आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
१९ साउन, काठमाडाैं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से १६.६५ अंकले बढेर २८७५.५५ को बिन्दुमा बन्द भएको छ । आज ३२५ कम्पनीको २ करोड ७१ लाख ६९ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ८२ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सिक्लेस हाइड्रोपावरले सर्वाधिक कमाएकाे छ । यस दिन कम्पनीकाे सेयरमूल्य ५.७३ प्रतिशतले बढेको छ । साथै, स्वेत गंगा हाइड्रोपावरको सेयमूल्य ५.१२ प्रतिशत, बिध्यावासनी हाइड्रोपावरको सेयमूल्य ४.७२ प्रतिशत र माछापुच्छ्रे बैंकको सेयमूल्य ४.५१ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार १५:१९













