सिंगटी हाइड्रोको नाफा १४ करोड ९९ लाख, विद्युत बिक्री आम्दानी कति ?
१९ साउन, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेड ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ६ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा थियो।
कम्पनीले विद्युत बिक्रीमार्फत ६८ करोड ७१ लाख रुपैयाँ कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले विद्युत बिक्रीमार्फत ८ करोड ३० लाख रुपैयाँ कमाएको थियो । कम्पनीको अन्य आम्दानी ६६ लाख ८४ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको सञ्चित नाफा २ करोड ५१ लाख रहेको छ । १६ करोड २२ लाख रुपैयाँ कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व १ करोड ६ लाख रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ५३ पैसा र मूल्य आम्दानी अनुपात ५५.७५ गुणा रहेको छ।
प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार १०:४२














