१६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026

एक कम्पनीको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

१९ साउन, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । कम्पनीले गत गत आव २०८०/८१ का लागि पारित  भएको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।

कम्पनीको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलले एक सूचना जारी गर्दै गत वैशाख १९ गते सम्पन्न संस्थाको ८ औँ वार्षिक साधारण सभाबाट पारित भएको ५ प्रतिशत बोनस सेयर साउन १६ गतेदेखि सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार १०:१९