आरएसडिसी लुघुवित्तको सीईओमा पुनः धुव्र कुमार पौडेल नियुक्त
१८ साउन, काठमाडौं । आरएसडिसी लुघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः धुव्र कुमार पौडेल नियुक्त हुनुभएको छ ।
साउन १७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ र कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । पौडेललाई भदौ १० गतेबाट लागू हुनेगरी ४ वर्षका लागि पुनः सीईओ पदमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।
प्रकाशित मिति : १८ श्रावण २०८२, आईतवार ११:०८












