२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025

सिन्धुपाल्चोकको तामाखानीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, नाै जना घाइते

९ चैत, मेलम्ची । काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ । आमाहेल्मो यातायातको बा३ख ४३२५ नंको बस शुक्रबार दिउँसो २ बजे मेलम्ची नगरपालिका–१२ तामाखानीमा दुर्घटना भएको छ ।

दुर्घटनामा मृत्यु भएका तीनजनामध्ये मेलम्ची नगरपालिका–१० का ४० वर्षीय चन्द्रबहादुर देउजाको मात्र सनाखत भएको छ भने दुईजनाको सनाखत हुन बाँकी छ ।

बसमा सवार ३५ जनामध्ये नौजना घाइतेको काठमाडौँस्थित नेपाल मेडिकल कलेज र मेलम्चीस्थित क्षेत्रीय अस्पतालमा उपचार भइरहेकोे मेलम्ची इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिए ।

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार १६:३४