पूर्व अर्थमन्त्री अधिकारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रचण्ड
५ माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन । शनिबार अध्यक्ष प्रचण्ड अधिकारीको स्वास्थ्य अवस्थाको जानकारी लिन मेडिसिटी अस्पताल पुगेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
चिसोका कारण छातीमा सङ्क्रमण देखिएपछि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत पुस २३ गतेदेखि अधिकारी उपचाररत छन्। प्रचण्डले उपचारमा संलग्न चिकित्सकसँग पनि आवश्यक परामर्श गरेको सापकोटाले बताए । डा राजेन्द्र रिजालको समूह ८३ वर्षीय अधिकारीको उपचार गरिरहेको छ ।
प्रकाशित मिति : ५ माघ २०७५, शनिबार १६:५३