नेपाल एसबिआई बैंकको कम्पनी सचिवमा खलेश्वर भट्ट नियुक्त
१६ साउन, काठमाडौं । नेपाल एसबिआई बैंकको कम्पनी सचिवमा खलेश्वर भट्ट नियुक्त हुनुभएको छ । साउन १५ गते बिहीबार बसेको संचालक समितिको बैठकले भट्टलाई कम्पनीको सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उहाँको कार्यकाल आजैबाट लागू हुनेछ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार १४:२२












