१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

२७ प्रतिशतले घट्यो आरएसडिसी लघुवित्तको खुद नाफा, प्रतिसेयर आम्दानी कति ?

१६ साउन, काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.१९ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १४ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २२.५४ प्रतिशत र अन्य सञ्चालन आम्दानी ६९.६९ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी २४.५१ प्रतिशत घटेको छ । याे अवधिमा कम्पनीकाे सञ्चालन मुनाफा ४०.३९ प्रतिशत घटेको छ। असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ८ करोड ५४ लाख रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी ७ रुपेयाँ ९८ पैसा रहेको छ।

कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ रहेको छ भने लघुवित्तको जगेडा कोषमा २६ करोड ८३ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ६ अर्ब ८० करोड ९० लाख रुपैयाँ सापटीबाट ६ अर्ब २२ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९८ पैसा, मूल्य आम्दानी अनुपात ७०.२६ गुणा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ९५ पैसा रहेको छ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार १३:१३