६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

नुवाकोटको लौके झरनाको बाढीमा फसेका ४ जनाको सिडिओको उपस्थितिमा उद्धार

१५ साउन, नुवाकोट । नुवाकोटको लौके झरनाको बाढीमा फसेका ४ जनाको प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरीले उद्धार गरेको छ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ को लाैके झरना घुम्न गएका चार जना बाढी अाएर फसेपछि प्रहरीले उद्धार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डिएसपी विक्रम लामाले प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे र जिल्ला प्रहरी कार्यालय नुवाकोटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीको कमाण्डमा खटिएको १० जनाको प्रहरी टोलीले उद्धार गरेको जानकारी दिनुभयो ।

उद्धारका लागि प्रहरी सहायक निरीक्षक राजबाबु सिंह राजपुतको कमाण्डमा ३ जना टोली खटिएको थियो भने करिब ७ बजेको समयमा बाढीमा फसेकाहरूको उद्धार भएको थियो । प्रहरीले उद्धार गरेकाहरूमा ललितपुरको सातदोबाटो बस्ने लक्ष्मि शिंखडा र नुवाकोटकै शिवपुरीका अनिश नेपाली, कृष्ण नेपाली राजेश नेपाली रहेका छन ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार २०:४७