ओली नेतृत्वको एमालेका कान्छा सल्लाहकार सिलवाल सहकारी ठगीमा प्रकाउ
१५ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्का कान्छा सदस्य रामहरि सिलवाल पक्राउ परेका छन । भैरहवास्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट करिब ६ करोड रकम अपचलन गरेको आरोपमा प्रहरीले सिलवाललाई पक्राउ गरेको हो ।

सिलवाललाई बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी भैरहवा पुर्याएको एसपी काजीकुमार आचार्यले जानकारी दिनुभयो । एमालेको राजनीतिसँगै पत्रकारिता र कानुन व्यवसाय र शैक्षिक व्यवसायमा समेत क्रियाशिल सिलवाल हिसानका उपाध्यक्ष समेत हुन् । सहकारीका अध्यक्ष अशोक केसी पनि बिहीबार नै पक्राउ परेपछि सिलवाल पनि पक्राउ परेका हुन ।
यद्यपी सिलवालका आफन्तले भने उनी सहकारी अपचलनमा संलग्न नभएको र साथीले नागरिकता मागेर दुरूपयोग गरेको हुनसक्ने दाबी गरेका छन ।
यो पनि पढ्नुहोस्
विश्वकान्त मैनालीदेखि रामहरि सिलवालसम्म एमालेको सल्लाहकार, अरू को को ? (सूचीसहित)
प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार २०:०४












