नेप्सेमा ७३ हजार कित्ता बोनस सेयर सूचीकृत
१५ साउन, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज कम्पनीको ५ प्रतिशत बोनस बापतको ७३ हजार ६९.२९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले आव २०८०/८१ का लागि ५ प्रतिशत बोनस सेयर र ०.२३६२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५.२३६२ प्रतिशत लाभांश प्रदान गरेको थियो । सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार १६:२५














