२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

मोटरसाइकल दुर्घटनामा दुई को मृत्यु एक घाइते

९ चैत, धनगढी । धनगढीको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा सडक खण्डमा हिजो राती दुईवटा मोटरसाइकल एकापसमा ठोक्किदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा से५प४८०३ नं को मोटरसाइकल चालक बर्दिया जिल्ला राजापुरका २४ वर्षीय नेत्र रावल र सोही मोटरसाइकलको पछाडि बसेका कालिकोट जिल्ला राजकोट नगरपालिकाका १८ वर्षीय शिवराज बोगटी रहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

दुर्घटनाबाट घाइते दुई जनामध्ये एक जनाको कोहलपुर मेडिकल कलेज लैजाने क्रममा र अर्का एक जनाको टीकापुर अस्पताल पु¥याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सो मोटरसाइकल विपरीत दिशाबाट गइरहेको से २ प ७९८१ नं को मोटरसाइकलसँग ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका से २ प ७९८१ नं का मोटरसाइकलका चालक कञ्चनपुर बेलौरीका दीपक चौधरीलाई पनि कोहलपुर मेडिकल कलेज उपचार भइरहेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार १५:४०