२० भाद्र २०८२, शुक्रबार | Fri Sep 5 2025

अन्तिम कारोबारको दिन हिमालयन रिइन्स्योरेन्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

१५ साउन, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । यस दिन नेप्से ३१.५० अंकले घटेर २९२२.६३ को विन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार रुपैयाँको कारोबार भएको छ ।

आज हिमालयन रिइन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । आज कम्पनीको १ अर्ब ३३ करोड ८८ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल रिइन्स्योरेन्सको ७५ करोड ३५ लाख १३ हजार रुपैयाँ, हिमालयन डिस्टीलरीको ६९ करोड ९ लाख ५१ हजार रुपैयाँ, शिवम् सिमेन्ट्सको ६७ करोड ११ लाख २३ हजार रुपैयाँ र लुम्बिनी विकास बैंकको ४१ करोड २७ लाख ५० हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार १५:१९