१२ करोड बढी ठगी गर्ने सविन पक्राउ
१४ साउन, काठमाडौं । १२ करोड रुपैयाँ भन्दा बढी ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–५ घर भएका ४२ वर्षीय सविन उप्रेती छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको दधिकोटबाट पक्राउ गरेको हो ।
सविन सहकारी ऐनअन्तर्गतको ठगीका अभियुक्त रहेको प्रहरीले जनाएको छ । उप्रेतीले १२ करोड २ लाख ३४० रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार १७:३०












