१५ चैत्र २०८२, आईतवार | Mon Mar 30 2026

दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

१४ साउन, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।  यस दिन नेप्से ४७.९३ अंकले घटेर २९५४.१४ को बिन्दुमा बन्द भएको छ ।

आज ३२७ कम्पनीको ३ करोड ६४ लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सान्भी इनर्जी र ट्रेड टावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको सेयरमूल्य यस दिन १० प्रतिशत र ९.९९ प्रतिशतले बढेको छ ।

यस दिन समत घरेलु लघुवित्तको ६.७४ प्रतिशत, सिक्लेस हाइड्रोपावरको ५.१६ प्रतिशत, भुगोल इनर्जीको ३.८२ प्रतिशतले सेयरमूल्य बृद्धि भएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार १५:२०