१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१४ साउन, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।  यस दिन नेप्से ५२.८७ अंकले घटेर २९४९.१९ को बिन्दुमा बन्द भएको छ ।

आज ३२७ कम्पनीको ३ करोड ६४ लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन हिमालयन रि इन्स्योरेन्समा लगानीकर्ताहरु झुम्मिएका छन् । कम्पनीको आज एक अर्ब ३२ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यस्तै, यस दिन हिमालयन डिस्टीलरीको ७३ करोड २९ लाख रुपैयाँ, शिवम् सिमेन्टको ५७ करोड ३३ लाख रुपैयाँ, ग्रीन भेन्चर्सको ५६ करोड ६९ लाख रुपैयाँ र नेपाल रि इन्स्योरेन्सको ५४ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार १५:१४