१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक सदस्यमा महेश बराल नियुक्त

१४ साउन, काठमाडौं ।  नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक सदस्यमा महेश बराल नियुक्त हुनुभएको छ ।  अर्थ मन्त्रालयको साउन १२ गतेको अर्थमन्त्रीस्तरीय निर्णयले अर्थ मन्त्रालयका सहसचिव महेश बराललाई कम्पनीको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

बराललाई साउन १३ गतेदेखि कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) बमोजिम समूह ‘क’ नेपाल सरकारबाट प्रतिनिधित्व गर्नेगरी सञ्चालक सदस्य पदमा नियुक्ति गरिएको कम्पनीले जानकारी दिएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार ११:२८