नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्काशन गर्ने
१३ साउन, काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो।
बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्डको तर्फबाट डा. मनिष थापा र क्यापिटलका तर्फबाट सीइओ विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डमा ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको लगानी रहेको छ । यस फण्डले उपाय सिटी कार्गो, दिगो इलेक्ट्रिक भेइकल्स, मेवा डेभलपर्स, एबिआई, तत्व फार्म्स , उर्जा इम्याक्ट फण्ड, पशुपति रिन्युएबल्स लगायतमा लगानी गरेको छ ।
प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलवार १६:५१













