४ वर्ष यताकै उच्च विन्दुमा नेप्से, १८ अर्ब ५२ करोडको कारोबार
१३ साउन, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से ३०.७६ अंकले बढेर ३००२.०७ को बिन्दुमा बन्द भएको छ । आज ३२१ कम्पनीको ४ करोड १८ लाख ८ हजार कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ । याे सेयर बजार करिब ४ वर्षकै उच्चतम विन्दुमा पुगेको हाे ।
आज १७६ कम्पनीको मूल्य बढ्दा ७४ को घट्यो । अन्य समूह सबैभन्दा धेरै २.५८ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ १.३२, होटल तथा पर्यटन ०.३२, हाइड्रोपावर ०.४४, लगानी ०.९४, जीवन बीमा ०.७९, उत्पादन तथा प्रशोधन ०.९८, माइक्रोफाइनान्स १.६९ तथा निर्जीवन बीमा १.१२ प्रतिशत बढे । व्यापार ०.२५, विकास बैंक ०.३६ तथा फाइनान्स ०.१२ प्रतिशत घटे ।
यस दिन चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र नाडेप लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको हो ।
यस दिन समता घरेलु लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.६ प्रतिशत घट्यो । यस दिन हिमालयन डिस्टीलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ६४ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।
प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलवार १५:५१













