४ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
१३ साउन, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से ३०.४९ अंकले बढेर ३००१ को बिन्दुमा बन्द भएको छ । आज ३२१ कम्पनीको ४ करोड १८ लाख ८ हजार कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ ।
यस दिन चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र नाडेप लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको हो ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलवार १५:१८














