१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

साना किसान विकास लघुवित्तको सञ्चालकमा न्यौपाने

१३ साउन, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा यज्ञ प्रकाश न्यौपाने नियुक्त हुनुभएको छ । संस्थापक सेयरधनी कृषि विकास बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने गरी संस्थाको सञ्चालकमा न्यौपाने नियुक्त हुनुभएको हो ।

न्यौपानेले साउन १३ गते सञ्चालक पदको पद तथा गोपनियताको सपथ लिनुभएको छ। उहाँलाई कृषि विकास बैंकले यसअघिका सञ्चालक डा। बाबुकाजी थापाको स्थानमा नियुक्त गरी पठाएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलवार १५:०४