७ आश्विन २०८२, मंगलवार | Tue Sep 23 2025

बहादुरसिंह लामाले गुमाए संसदीय दलको हैसियत, विपक्षमा २२ मत

३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमाउनुभएको छ ।

मंगलबार संसदीय दलमा भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको छ । २२ सांसदले विपक्षमा हस्ताक्षर गरेका छन् । प्रदेशसभामा कांग्रेसका ३७ सदस्य छन्। बहुमतका लागि १९ जना चाहिन्छ ।

यो सँगै लामाले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमाउनुभएको हो । अब यहाँ इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलवार १३:२१