तपाईलाई पर्यो कि ? यसरी हेर्नुहोस् हिमालयन बैंकको एफपीओको नतिजा
१३ साउन, काठमाडौं । हिमालयन बैंकको एफपीओ बाँडफाँड भएको छ। बैंकको एफपीओ कमलादी, काठमाडौँस्थित आफ्नै कार्यालयमा आज बिहान ९ बजे बाँडफाँड भएको हो।
बैंकले गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गरेको थियो। सो एफपीओमा कुल १८ लाख २५ हजार ९२२ जनाले ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता सेयरका लागि आवेदन दिएका थिए। सोमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको छ।
बैंकको एफपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो । गोलाप्रथाबाट बाँडफाँड गर्दा ९ लाख २५ हजार ४६ जनाले १० कित्ताका दरले बैंकको सेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँड गर्दा शेष भएको ९ कित्ता ९ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले बैंकको सेयर प्राप्त गरेका छन्।
बैंककाे एफपीओकाे नतिजा केही समयपछि प्रकाशित हुनेछ । बैंककाे एफपीओकाे नतिजा सीडीएस एण्ड क्लियरिङको वेबसाइटः https://iporesult.cdsc.com.np/, बिक्री प्रबन्धकको वेबसाइटः https://www.citizenscapital.com.np/ipoर मेरो सेयर एपः https://meroshare.cdsc.com.np/#/loginबाट हेर्न सकिनेछ ।
प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलवार ०९:५१