७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

शुभ लक्ष्मी कोषले घोषणा गर्यो प्रतिफल, कहिलेसम्म कायम इकाईधनीले पाउछन् ?

१३ साउन, काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषले प्रतिफल घोषणा गरेको छ। आर्थिक वर्ष २०८१/८२ को लागि कोषले आफ्ना इकाईधनीहरुलाई कर सहित १६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

साउन १२ गते बसेको कोषको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। सो बैठकले प्रतिफल वितरण प्रयोजनार्थ आज अर्थात साउन १३ गते बुकक्लोज गर्ने निर्णय पनि गरेको छ। यसको अर्थ साउन १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले मात्रै कोषको प्रतिफल प्राप्त गर्न सक्नेछन्।

शुभ लक्ष्मी कोष एक खुलामुखि योजना हो। यस कारण सो योजनाका इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांशबराबरको रकमबाट सो लाभांश वितरणपश्चात समायोजित मूल्यमा लाभांश पुनः लगानी योजनामार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने सुविधा रहेको छ। सो सुविधा उपभोग गर्न चाहने इकाईधनीहरुले साउन १६ गते भित्र आफ्नो नाम दर्ता गराउन क्यापिटलले आह्वान गरेको छ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलवार ०९:४३