नेप्सेमा सामान्य अंकको गिरावट, १९ अर्ब ३६ करोडको कारोबार
१२ साउन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सामान्य अंककाे गिरावट आएको छ । यस दिन नेप्से २.०७ अंकले घटेर २९६२.१३ को विन्दुमा बन्द भएको छ ।
आज नेप्सेमा कारोबार भएको २२१ कम्पनीको ४ करोड ४१ लाख २४ हजार ७९२४ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ । यसदिन ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १५६ कम्पनीको सेयर मूल्य घटेको छ ।
यस दिन शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यसदिन ९२ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस दिन समता घरेलु लघुवित्त, ट्रेड टावर लिमिटेड र सान्भी इनर्जीको सेयरमा सकारात्मक सर्किट लाएको हो । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य यस दिन सर्वाधिक ८.४९ प्रतिशत घटेको छ।
प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार १५:३३














