१५ चैत्र २०८२, आईतवार | Mon Mar 30 2026

शिवम सिमेन्टसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१२ साउन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यस दिन नेप्से १२.१३ अंकले बढेर २९७६.३३ को विन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा कारोबार भएको २२१ कम्पनीको ४ करोड ४१ लाख २४ हजार ७९२४ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यसदिन ९२ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, यस दिन हिमालयन डिस्टिलरीको ७६ करोड ९९ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ५७ करोड ९७ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ५५ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार १५:१९