तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
१२ साउन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यस दिन नेप्से १२.१३ अंकले बढेर २९७६.३३ को विन्दुमा बन्द भएको छ ।
आज नेप्सेमा कारोबार भएको २२१ कम्पनीको ४ करोड ४१ लाख २४ हजार ७९२४ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस दिन समता घरेलु लघुवित्त, ट्रेड टावर लिमिटेड र सान्भी इनर्जीको सेयरमा सकारात्मक सर्किट लाएको हो ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार १५:१४













